दाङ, जेठ २५ । पश्चिम रुकुमकी एक बालिकाको भेरी नदीमा डुबेर मृत्यु भएको छ । उनकी दिदी बेपत्ता छिन् । यो खवर तयार पर्दासम्म उनीहरुका दाजुको अवस्था भने सामान्ने भइसकेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १२ दुरनेटाकी का अम्मर डाँगीकी ११ वर्षीया छोरी गीताको जिल्ला अस्पताल जाजरकोटमा पु¥याएको केही बेरमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले गीताकी सहोदर दिदी १६ बर्षीया दीपा डाँगी भेरी नदीमा बगेर बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको बताए । गीता संगै उद्धार गरिएका उनका दाजु १७ बर्षीय रामबहादुर डाँगीको अवस्था भने सामान्ने भइसकेको डिएसपी थापाले जानकारी दिए । उनीहरु भेरी नदीमा बिहान साढे ११ बजे बगेका थिए । गीता र दीपा सहोदर दिदी बहिनी हुन । रामबहादुर भने भाइभाईका छोरा दाजु हुन ।
उनीहरु रुकुम पश्चिमबाट जाजरकोटको भेरी नगरपालिका वडा नं. १ रावतगाँउमा आफन्तको मृत्यु पछि शुद्धशान्तिको कार्यक्रमका लागि गएका थिए । शुद्धशान्तिको कार्यक्रम पछि उनीहरु तीन भाइ बहिना भेरी नदीको किनारमा रहेको शिबालय मन्दिर दर्शन गर्न भनेर गएको समयमा गर्मी छल्न रामबहादुर नदीमा नुहाउन गएका थिए ।
त्यही क्रममा रामबहादुर ढुंगाबाट चिफ्लिएर नदीमा बगेपछि दाजुलाई बचाउन भनी दूई दिदी बहिनीले एक पछि अर्कौ गर्दै नदीमा हाम फालेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।घटनास्थल रुकुम पश्चिम जिल्ला र जाजरकोट भेरी नदीले छुट्याएको भएपनि वारिपारी पर्छन । घटना जाजरकोटमा भएको हुँदा त्यहीको प्रहरीले घटना हेरिरहेको छ ।