२०८१ चैत्र ९ गते शनिवार

वन मुद्दाका फरार थप ४ महिला पक्राउ

तुलसीपुर, जेठ २४ । घोराहीको ढोडनीबाट वन मुद्दामा अदालतले दोषी करार गरेका चार महिला पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडनीकी ३६ बर्षीया शान्ती सुनार, २५ बर्षीया सन्तोषी नेपाली, ३६ की चन्द्रकला सुनार र ३५ बर्षीया ज्योती दमाई पक्राउ परेका छन् । २०७६ साल बैशाख ३० गते दाङ देउखुरी जिल्ला अदालतले उनीहरुका बिरुद्ध जनही ५÷५ हजार जरिवाना र ८ महिना ७ दिनको कैद फैसला सुनाएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए ।

अदालतको फैसला आएपछि फरार रहँदै आएका ती चार महिलाहरु घरमै लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा पुग्दा सोमबार दिउँसो उनीहरुलाई घरबाटै पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए । पक्राउ परेकाहरुलाई सोमबार नै अदालत पेश गरेको र अदालतको आदेश पछि तोकिएको सजाय भुक्तान गर्न कारागार चलान गरिएको डिएसपी रिजालले बताए ।

प्रहरीले जेठ २३ गते मात्रै घोराही २ का ५४ बर्षीय गिरिराज गिरी, ५३ बर्षीय रामप्रशाद पाण्डे, ६५ बर्षीया सीता देवकोटा, ४४ बर्षीय लालबहादुर चौधरी र ४७ बर्षीय आलोक घिमिरेलाई वन मुद्दाका आधारमा पक्राउ गरेको थियो ।

उनीहरुका बिरुद्ध जिल्ला अदालतले २०७४ साल चैत १४ गते १ लाख ३८ हजार ९ सय १७ रुपैंया आर्थिक जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *