तुलसीपुर, जेठ २४ । दाङमा पनि जेठ २५ गते ६२ देखि ६४ बर्ष उमेर समुहका सर्वसाधारण नागरिकलाई कोभिड – १९ बिरुद्धको खोप लगाउने भएको छ । भेरोसिल भ्याक्सिन खोप लगाउनका लागि जिल्लाका प्रमुख सहरहरु तुलसीपुर र घोराही उपमहानगरपालिका लगाएका स्थानहरुमा बिभिन्न स्थानहरु तोकिएको छ ।
तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुरका बिभिन्न १२ ठाउँमा खोप लगाइने भएको छ । तुलसीपुरमा १ हजार ३ सय ९७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । घोराहीमा भने ६ स्थानमा मात्रै खोप केन्द्र तोकिएको छ । तर, तुलसीपुरको भन्दा झन्डै दोब्बर बढी संख्यामा घोराहीमा खोप लगाउने लक्ष्य लिइएको छ ।
१) तुलसीपुर वडा नं. १ को पवननगर स्वास्थ्य चौकीमा लक्षित जनसंख्या ६८ जनालाई खोप लगाउने लक्ष्य ।
२) तुलसीपुर १० टरिगाउँ स्वास्थ्य चौकीमा लक्षित जनसंख्या १०० जना ।
३) तुलसीपुर ४ को हलवार स्वास्थ्य चौकीमा लक्षित संख्या १२५ ।
४) तुलसीपुर वडा नं. ५ र ६ का लागि राप्ती प्रादेशिक अस्पताल – लक्षित संख्या १९५ जना ।
५) तुलसीपुर ७ को पर्सेनीको नगर स्वास्थ्य चौकीमा – लक्षित संख्या – १७३ जना ।
६) तुलसीपुर ९को दोघरे नगर स्वास्थ्य केन्द्रमा – लक्षित संख्या – ७५ जना ।
७) वडा नं. ११ को उरहरी स्वास्थ्य चौकीमा – लक्षित संख्या – १३३ जना ।
८) वडा नं. १३ को फूलबारी स्वास्थ्य चौकीमा – लक्षित संख्या – ८४ जना ।
९) वडा नं. १५ को डुरुवा स्वास्थ्य चौकीमा – लक्षित संख्या – १०७ जना ।
१०) वडा नं. १६ को मानपुर स्वास्थ्य चौकीमा – लक्षित संख्या – ११८ जना ।
११) वडा नं. १९ को बिजौरी स्वास्थ्य चौकीमा – लक्षित संख्या – १०४ जना ।
११) वडा नं. ३ को दमारगाउँस्थित वडा कार्यालयमा – लक्षित संख्या – ११५ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
घोराहीका यी १२ स्थानमा लगाइने छ खोप
घोराहीमा भने ६ स्थानमा खोप लगाउने ब्यबस्था गरिएको छ । त्यहाँ २ हजार ५ सय ५० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
त्यसका लागि खोप लगाउने संख्या २१ र भोलेन्टियर रुपमा खटिने ५४ जना रहने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
१) घोराही उपमहानगरपालिका वडा नं. १० स्थित नारायणपुर स्वास्थ्य चौकीमा ८,९,१०,११ र १२ गरि ५ वटा वडा बासीलाई खोप लगाइने छ । लक्षित संख्या ५ सय ३० छ ।
२) वडा ७ को सौंडियार स्वास्थ्य चौकीमा ५,६ र ७ वडाका स्थानीय गरि २ सय ५० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
३) वडा १५ स्थित परिवार नियोजन कार्यालयमा १५,१६ र १७ वडाका ७ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
४) वडा १४ को नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा १३,१४ र १८ वडाका ६ सय जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
५) वडा २ को रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा १,२,३ र ४ वडाका गरि ३ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
६) घोराही १९ को शैघा स्वास्थ्य चौकीमा वडा नम्बर १९ का मात्रै ५० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।