२०८२ असार ६ गते शनिवार

घोराहीबाट वन मुद्दाका फरार ५ प्रतिबादी पक्राउ


तुलसीपुर, जेठ २४ । घोराहीबाट वन मुद्दाका फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. २ का ५४ बर्षीय गिरिराज गिरी, ५३ बर्षीय रामप्रशाद पाण्डे, ६५ बर्षीया सीता देवकोटा, ४४ बर्षीय लालबहादुर चौधरी र ४७ बर्षीय आलोक घिमिरेलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार उनीहरुलाई जेठ २३ गते दिउँसो पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुका बिरुद्ध २०७४ साल चैत १४ गतेको सामुहिक वन मुद्दामा जिल्ला अदालत दाङले दोषी ठहर गर्दै १ लाख ३८ हजार ९ सय १७ रुपैंया आर्थिक जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका सबैलाई सोमबार अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *