२०८१ असार ८ गते शुक्रवार

कोरोना हटस्पट बाँकेमा संक्रमित हुने दर ह्वात्तै घट्यो, अस्पतालहरुमा १५५ बेड खाली


दाङ, जेठ २३ । कोरोना भाइरसको दोस्रो लहरको हटस्पट बनेको बाँके जिल्लामा बिस्तारै संक्रमितको संख्या घट्दै गएको पाइएको छ । बाँकेमा बितेको २४ घन्टामा कुल १६३ वटा स्याम्पलको पिसिआर परीक्षण गरिएकोमा ५७ जनामा मात्रै संक्रमन पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बितेको २४ घन्टामा बाँके जिल्ला निवासी जम्मा १२ मा मात्रै संक्रमन पुष्टि भएको छ ।
वलीले भने – ‘ बितेको २४ घन्टामा बाँके जिल्लाका १२ जना र बाहिरी जिल्लाका ४५ जनामा मात्रै संक्रमन पुष्टि भएको छ ।’
संक्रमन दर निकै कम भइसकेको र पहिले जस्तै बेड मिलाई दिनुहोस भनेर बिरामी तथा आफन्तका फोनहरु आउन छोेडेको वलीले बताए ।

त्यस्तै बिरामीको संख्या घट्दै जान थालेसंगै बाँके जिल्लामा अस्पतालहरुमा बेड समेत खाली हुने क्रम बढ्दै गएको छ ।
आइतबार बेलुका साढे चार बजेसम्म बाँकेका बिभिन्न अस्पतालहरमा गरि कुल १५५ बेडहरु खाली रहेको स्वास्थ्य कार्यालय बाँकेका जनश्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताएका छन् ।

बाँके जिल्लाका बिभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामीको लागि कुल ३६१ रहेकोमा हाल कुल १९१ जना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्य बाँके जिल्लाका ७२ जना र बाहिरी जिल्लाका ११९ जना बिरामी रहेका छन् । बिरामी मध्य ८९ जनाको अवस्था गम्भीर र १०२ जना संक्रमितको अवस्था मध्यम रहेको श्रेष्ठले बताए ।

भेरी अस्पताल नेपागञ्जमा कुल बेड संख्या २०० रहेकोमा त्यहाँ ११६ जना बिरामीको उपचार भइरहेको र ६९ खाली बेड रहेका छन् । आइतबार बेलुकासम्मको अवस्था नियाल्दा भेरीमा उपचाररत मध्य २९ जनाको अवस्थ गम्भीर रहेको श्रेष्ठले जनाएका छन् ।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १३० बेड मध्य ७० जना बिरामी उपचाररत रहेका छन् । कोहलपुरमा पनि खाली बेड संख्या ६९ वटा नै रहेका छन् । आइतबार बेलुका साढे ४ बजेसम्म कोलहपुरमा उपचाररत मध्य ५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनश्वास्थ्य अधिकृत श्रेष्ठले जाननकारी दिए ।

त्यस्तै वस्टर्न अस्पतालमा सर्जिकल बेड संख्या १६ वटा रहेकोमा जम्मा २ जना बिरामी मात्रै उपचाररत रहेको र १६ बेड खाली रहेका छन् । त्यस्तै यूनाईटेड अस्पतालमा बेड संख्या १५, बिरामी संख्या ३ र खाली बेड संख्या १२ रहेको जानकारी दिइएको छ ।
त्यस्तै बितेको २४ घन्टामा बाँकेमा थप चार जना संक्रमितको मृत्यु भएको छ । मृतक दूई पुरुष र दूई महिला छन् । बाँके जिल्लाका दूई र बर्दिया जिल्लाका दूई जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *