सुर्खेत, जेठ २३ । सुर्खेतमा राउटे समुदायका युवतीलाई होटलमा लगि मदिरा सेवन गराई भिडिओ बनाउने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । पक्राउ परेका मध्य पुन होटल सञ्चालक हुन ।
राउटे समुदाय हाल गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोतीस्थित भेरी नदी किनारामा बस्दै आएको छ । उनीहरुले त्यहीबाट ललाई फकाई राउटे समुदायका युवतीहरुलाई होटेलमा पु¥याएको र मदिरा सेवन गर्न लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरु तीन जना युवाले राउटे युवतीहरूलाई होटेलमा लगि मदिरा सेवन पछि आफु अर्धनग्न भएर भिडिओ बनाएको हुँदा पक्राउ गर्नु परेको हो । युवाहरुले उक्त भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेपछि बल्ल प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।