२०८१ जेष्ठ ३० गते बुधवार

नेता बचाउन गएका लक्ष्मण आँफु भने सदाका लागि बिदा भए


तुलसीपुर, जेठ २२ । गत बैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ चपुवा डाँडामा खसी काटेका थिए । खसीको मासु लिन भनेर प्रिगाउँका ६४ बर्षीय लक्ष्मण न्यौंपानेपनि चुपवा डाँडा गाउँ पुगेका थिए ।गाउँले सबैका प्रिय ब्यक्तित्व नेपाली काँग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सचिब खिमबहादुर वलीलाई सञ्चो नभएको र एम्बुलेन्स मार्फत काठमाडौं लैजान थालेको खवर न्यौंपानेले पनि थाँहा पाए ।

त्यसपछि उनी म त नेता बचाउन हिडे है, मासु खान्न भनेर घर फर्किए । खसी काटेको ठाँउ चुपवाडाँडा तर्फ जाँदै गर्दा त्यताबाट फर्किरहेका न्यौपाने र चुपुवाडाँडा तर्फ जाँदै गरेका चुडामणी गौतमको भेट भयो । उनीहरको बीचमा कुरा हुँदापनि न्यौपानेले त्यही भने ‘ म त नेता बचाउन जान्छु, खसीको मासु छोडेर आए ।’

एक छिनमै एम्बुलेन्स दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति समेत रहेका वली घरमा पुग्यो । नेता वलीको रेखदेख र सहयोग गर्नका लागि भनेर न्यौंपानले पनि संगै गए । नेता वलीलाई लगेर न्यौंपाने काठमाडौं पुगे । नेता वली र न्यौंपानेको राजनीतिक आश्था मात्रै मिल्थेन उनीहरु एक अर्काप्रति निकै सम्मान भाव ब्यक्त गर्दथे । उनीहरुका बीचमा आपसी बिश्वास र प्रेम निकै बलियो थियो । नेता वली न्यौंपानेलाई दाजु भन्ने गर्दथे ।

नेता वलीलाई लगेर न्यौंपाने बैशाख १९ गते काठमाडौं पुगे । वलीलाई प्रहरी हस्पिटल महाराजगञ्जमा भर्ना गरे ।
नेता वलीलाई बिगत दश दिनदेखि सञ्चो थिएन । तैपनि उनी घरमै आइसोलेनमा बसेका थिए । स्वासप्रश्वासमा अलि बढी समस्या भएपछि मात्रै उनी काठमाडौं गएका थिए ।

उनको पिसिआर टेष्टपनि काठमाडौंमै भएको हो । नेता वलीको रेखदेखमा दाजु नाता पर्ने न्यौंपाने रातदिन खटिए । सहयोगी र फरासिला स्वभावका काँग्रेस क्रियासिल सदस्य न्यौपानेले नेता वलीलाई औषधी किन्नेदेखि, खाना तथा अन्य बन्दोबस्तिका सामानको सबै ब्यबस्थापन गर्ने कार्यमा सघाए । झन्डै १५ दिनजतिको उपचार पछि नेता वली तंग्रिदै गए । उनले कोरोना भाइरसलाई परास्त गरे । त्यो खवर गाउँमा फोन गरेर सबैलाई हर्षका साथ बाँड्ने उनै न्यौंपाने थिए ।

त्यही बीचमा काँग्रेस नेता समेत रहेका न्यौंपानलेलाई अलि अलि रुघा लागे जस्तो, ज्वारो आए जस्तो भयो । बैशाख ३१ गते पिसिआर परीक्षण गरे । दोस्रो दिन रिपोर्ट पोजेटिभ आयो । अनि न्यौंपाने पनि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भए । यो बीचमा नेता वली सञ्चो भएर डिस्चार्ज भइसकेका थिए । तर, उनी घर फर्किएनन् ।

आफु बिरामी पर्दा आफ्नो रेखदेख र सहयोगका लागि पुगेका दाजु न्यौंपानेको रेखदेख र हेरचाह नेता वलीले गर्न थाले । जसरी वलीलाई न्यौंपानेले सघाए यो बीचमा वलीले पनि त्यसैगरि सघाए । पालाको पैंचो भनेझैं उनीपनि त्यसैगरी न्यौंपानेको सेवामा खटिए ।
संभव भएसम्मका सबै सेवाहरु गरे । औषधी किन्नेदेखि, खानाको प्रबन्ध लगाएत जम्मै काम नेता वलीले नै गरे । सुरुका दूई हप्ता सम्म न्यौंपानेको स्वास्थ्य अवस्था सामान्ने थियो ।

तर, जेठ १८ र १९ गते न्यौंपानेलाई कोरोनाले थप च्याप्दै लान थाल्यो । स्वास्थ्यकर्मीको कुरा सुनेर नेता वली आत्तिए ।
नेता वलीले न्यौंपानेको घर परिवारलाई त्यसबारे जानकारी दिए । त्यसपछि कान्छा छोरा अर्जुन न्यौंपाने तुलसीपुरबाट बुवाको रेखदेखका लागि काठमाडौं गए ।

तर, न्यौंपानेको स्वास्थ्य अवस्था झनैं बिग्रदै गयो । जेठ २१ गते बेलुका साढे ५ बजे न्यौंपानेले अन्तिम स्वास फेरे ।कुशल मंगल अवस्थामै नेता बचाउन भनेर गाउँ घर बाट काठमाडौं पुगेका फरासिला स्वभावका न्यौंपानेको मृत्युको खवरले घर परिवार, आफन्तदेखि शुभचिन्तक बिछिप्त बने । ‘ लक्ष्मण दाइले नेता त बचाए, तर आफु भने संसारबाट बिदा लिएर गए,’ एक स्थानीयले भने ‘ त्यति राम्रा र तन्दरुस्त मानिस यति छिटै हामीलाई छोडेर जालान भनेर कल्पना समेत गरिएको थिएन ।’ आफ्नै रेखदेखका लागि पुगेका न्यौंपानेको मृत्युपछि नेता वलीपनि बिक्षप्त छन् ।

न्यौंपानेको मृत्युलाई उनले आफ्नै जीवनको सबैभन्दा नमिठो र दुःखद घटना भएको प्रतिक्रिया दिए ।
न्यौंपानेको अन्तिम संस्कार शनिबार पशुपति आर्यघाटमा भएको छ ।

नेता वलीले भने ‘मेरो सहयोगको लागि मं संगै काठमाडौं आउनु भएका आदनिय दाजुलाई मैले सदासदाका लागि काठमाडौंमै छोडेर जान बाध्य छु ।’ यति बोल्दै गर्दा वलीको गला अवरुद्ध भयो । फोनमै सुँक्क सुँक्क रोएको आवाज सुनियो । उनी भन्दै थिए ‘ म अब कसरी गाउँ घरमा फर्किम जस्तो भइरहेको छ ।’

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *