२०७८ असार ४ गते शुक्रवार

उपभोक्ताले भत्काइदिए जवरजस्ती बनाउन खोजेको कुलो


तुलसीपुर, जेठ २२ । शान्तिनगर गाउँपालिका वडा नं. ७ का स्थानीयले आफ्नो सहमति बिपरित कुलो निर्माण गर्न थालेको भन्दै शनिबार भत्काइ दिएका छन् । वडाध्यक्ष पिमलाल वलीले रातारात आफु निकटका मानिसहरुको समिति निर्माण गरि निर्माण गर्न थालेको कुलो भत्काइ दिएका हुन ।

वडाध्यक्ष वलीले आफुहरुको सहमति बिपरित नापुलाल चौधरीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर तीन लाख लागतमा नहर निर्माण गर्न थालेपछि त्यहाा तीब्र बिबाद भएको थियो । उक्त वडामा कुलो निर्माणका लागि एक ठाउँमा ३ लाख, अर्कौ ठाउँमा ७ लाख र अर्कौ ठाउँमा नाला निर्माणको लागि १० लाख बजेट छुट्याइएको थियो ।

स्थानीयका अनुसार ती सबै काम गर्नका लागि वडा सचिव ज्ञानबहादुर परियार, वडा सदस्य राजेश चौधरी र बुद्धि चौधरीको नेतृत्वमा ९ सदस्य उपभोक्ता समिति गठन गरिएको थियो । जसका बिरुद्ध स्थानीयले झन्डै दश दिन अगाडि गाउँपालिकाको कार्यालयमा पुगेर उजुरी दिएका थिए । गाउँपालिकको पत्रचार पछि ७ लाखको कुलोको काम र १० लाखको नालाको काम गर्न टेन्डर आह्वान गरिएको छ ।

तर, ३ लाखको कुलोको काम भने वडाध्यक्षले आफु निकटका मानिसहरुलाई उपभोक्ता समितिमा राखेर काम गर्न थालेपछि स्थानीय रुष्ट थिए । जसको बिरोधमा २१ गते मात्रै स्थानीय गाउँपालिकामा पुगेर काम रोक्नुपर्ने भन्दै निबेदन दिएका थिए । त्यसपछि शुक्रबार नै वडा कार्यालयलाई पत्रचार गरि काम रोक्न आग्रह गरेको थियो ।

तर, पनि शनिवार कुलोको काम बलजफति गएिको भन्दै स्थानीयले निर्माणाधिन कुलो भत्उकाउनुका साथै निर्माण सामाग्री समेत फालिदिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *