काठमाडौं, जेठ २२। पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घन्टामा ८२४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
