२०८१ चैत्र ९ गते शनिवार

बर्दियामा बाघको आक्रमणबाट महिलाको ज्यान गयो

दाङ, जेठ १८ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं. ५ की ७५ बर्षीया नन्दकला थापा क्षेत्रीको पाटे बाघको आक्रमणमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

सोमबार दिउँसो घर नजिकैको जंगलमा निहुरो टिप्न भनेर गएकी थापालाई बाघले आक्रमण गरि ज्यान लिएको प्रहरीले जनाएको छ ।
उनी घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्दा थापा बेलुका पाँच बजेतिर बेल्झुण्डी सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *