२०८१ चैत्र ३ गते आइतवार

काँग्रेस नेताको पहलमा डाक्टर घर घरमै पुगेर स्वास्थ्य चेकजाँच र परामर्ष सेवा सुरु


तुलसीपुर, जेठ १५ । तुलसीपुरका बिभिन्न वडाहरुमा डाक्टर र नर्सहर घर घरमै पुगेर सर्वसाधारणको स्वास्थ्य चेकजाँच र परामर्ष सुरु गरेका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को बनहरी क्षेत्र र तुलसीपुरको भोजपुर क्षेत्रमा सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरिएको हो ।

ब्याक वार्ड सोशाइटी एजुकेसन (बेस) संस्थाले यसरी घर घरमै डाक्टर, नर्स र स्वास्थ्यकर्मीको टोली खटाएर सर्वसाधारणको स्वास्थय चेकजाँच तथा परामर्ष सुरु गरेको हो । डाक्टरसहितको टोली घर घरमै पुगेर स्वास्थ्य चेकजाँच र परामर्ष गर्न थालेपछि सर्वसाधारण खुसी भएका छन् । यसरी सर्वसाधारण नागरिकको स्वास्थ्य चेकजाँचको प्रबन्ध मिलाउने ब्यक्ति नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी हुन । कोभिड–१९ को महामारीका कारण सर्वसाधारण त्रसिद रहेको हुँदा त्यससंग जुध्न आफुले सर्वसाधारणको स्वास्थ्य चेकजाँचको प्रबन्ध मिलाएको प्रदेश सांसद चौधरीले बताए ।

‘ अझैंपनि गाउँघरका मानिसहरुले हेलचेक्याँँई गरेर पिसिआर परीक्षण गर्न गएको देखिदैन,’ सांसद चौधरीले भने ‘ तर, जव रोगले निकै च्याप्छ त्यसपछि मात्रै जाँदा ज्यान जोखिममा पर्ने गर्छ । त्यस्तो अवस्था नआवस भन्नेको हामीले अभियानको थालनी गरेका हौं ।’

अवस्था सामान्ने नहुँदा सम्म यो अभियान जारी रहने सांदस चौधरीले जानकारी दिए । एन्टिजेन्ट परीक्षणदेखि ज्वरो नाप्ने, अक्सिजनको लेबल नाप्ने, अवस्था अनुसार औषधी दिने, गम्भीर अवस्था भए तत्काल अस्पताल पठाउने जस्ता परामर्ष दिने गरिएको घुम्ति सेवामा संलग्न डां राजिब झाँले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *