तुलसीपुर, जेठ १६ । तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी व्याजका विद्यार्थीहरुले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
अस्पतालमा संचालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि ५ थान ह्विल चिएर, ५ थान पिपिई सेट, एक्सरे बक्स २ थान, स्यानीटाइजर, मास्क लगाएतका सामानहरु उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले बताए ।
विद्यार्थीहरुले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख पाण्डेले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।
प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार