दाङ, जेठ १६ । बाँकेमा उपचाररत कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ की ४२ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
शनिरबार राति ११ बजे उनको भएको बाँकेका कोरोना फोलक पर्सन तेज वलीले जानकारी दिएका छन् ।
त्यस्तै सल्यानको बागचौर नगरपालिका ८ का ६१ बर्षीय पुरुष, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ३ का ४२ बर्षीय पुरुष र बढैयाताल गाउँपालिका ४ की ५८ बर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
यो संगै बाँके जिल्लाका मात्रै २८८ र बाहिरी जिल्लाका २७९ जना संक्रमितिको हालसम्म मृत्यु भइसकेको फोकल पर्सन वलीले बताएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
