२०८३ बैशाख २७ गते आइतवार

दाङमा एक महिना नबित्दै ६ पिकअप बलेरो र २ मोटरसाईकल चोरी

तुलसीपुरका दूई जना पक्राउ

तुलसीपुर , जेठ १३ । दाङमा लकडाउन भएको महिना दिन नहुँदै ठूला साना गरि आठ वटा सवारी साधन चोरी भएका छन् । जसमध्य लमहीको बसपार्कबाट बैशाख २४ गते चोरी भएको भे १ च २१४४ नम्बरको टाटा सुमो सिल्भर कलको गाडी हालसम्म फेला परेको छैन ।

प्रहरीले बैशाख २४ गते नै घोराही उपमहानगरपालिका वडा नं. १४ गणेश मन्दिरबाट चोरी भएको भे १ च १९९२ नम्बरको डबल क्याप बलेरो पिकअप सोही दिन लमहीमा फेला पारेको थियो ।
प्रहरीले गाडी धनि भरतनाथ चौधरीलाई बुझाएको र चोरी गर्ने समुहको खोजी भइरहेको जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

त्यस्तै बैशाख २८ गते तुलसीपुर बसपार्कबाट चोरी भएको लु १ च ४५७८ नम्बरको डबल क्याप बलेरो पिकअप २९ गते कपिलबस्तु जिल्लामा फेला पारी गाडी धनि धनबहादुर बुढाथोकीलाई बुझाएको छ । यो घटनामा पनि चोरी गर्ने समुहको खोजी भइरहेको डिएसपी रिजालले बताए ।

बैशाख २९ गते नै घोराही १७ भैंसाही चोकबाट भे १ च १६९४ नम्बरको डवल क्याप बलेरो पिकअप राति चोरी भएकोमा सोही दिन तुलसीपुर १८ बेलझण्डीमा फेला पारि प्रहरीले लमहीका गाडी धनि गोकर्ण केसीलाई बुझाएको थियो । यो गाडी चोरी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बैशाख २९ गते नै तुलसीपुर १७ बेलझुण्डीबाट भे १ च २०६९ नम्बरको बलेरो पिक अप गाडी राति चोरी भएकोमा जेठ १ गते रौतटह जिल्लाको इलाका प्रहरी कार्यालय गरुडा क्षेत्रमा छोडेको अवस्थामा प्रहरीले फेला पारी गाडी धनिलाई बुझाइएको प्रहरीले जनाएको छ । यो घटनाबारे पनि हालसम्म अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जेठ ५ गते लमही बजारबाट चोरी भएको भे १ च १५२६ नम्बरको बोलेरो पिकअप गाडी जेठ १० गते कैलाली जिल्लाको धनगडी नगरपालिका ८ मा फेला परेको थियो ।

उक्त गाडी चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का १६ बर्षीय नबिन सार्की र २६ बर्षीय विश्व रोका मगरलाई पक्राउ गरेको छ । उनीहरुलाई चोरी शिर्षकमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठ २ गते राति तुलसीपुर १७ दूधरासबाट रा ५ प ४४०७ नम्बरको २२० प्लसर मोटरसाईकल चोरी भएकोमा सोहीदिन घोराही बसपार्कमा फेला परेको थियो ।

त्यस्तै जेठ १० गते राति घोराही १५ सुष्मा रोडबाट रा ५ प ८२५८ नम्बरको १५० सिसीको मोटरसाईकल चोरी भएकोमा जेठ ११ गते घोराही १५ मा फेला परेको प्रहरीले जनाएको छ । ती दूई मोटरसाईकल कस्ले चोरीको सम्बन्धमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *