२०८१ चैत्र ६ गते बुधवार

बेस संस्थाले सुरु गर्यो, गाउँ घरमा स्वास्थ घुम्ति शिबिर


तुलसीपुर , जेठ १३ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि बेस नेपाल संस्था तुलसीपुरले घुम्ति शिबिर सुरु गरेको छ । डाक्टर राजिब झाँको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोलिसहित तुलसीपुरको गाउँ गाउँमा टोली खटिएको बेस नेपालका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिए ।

बिहिवारदेखि तुलसीपुर उपमहानगरपालिका १२ टरिगैंमा घुम्ति शिबिरको उद्घाटन गरिएको छ । नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले त्यसको उद्घाटन गरेका हुन ।

कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ति तथा परिवारलाई घुम्ति शिबिरमा खटिएका स्वास्थकर्मीले परारम्भिक उपचार र मनोपरामर्श दिने उनले बताए ।

बेस संस्थाका अध्यक्ष समेत रहेका चौधरीले स्थानीय सरकारसंगको समन्वयमा घुम्ति शिबिर गाउँमा खटिएको जानकारी दिए । डा. झाले गाउँ घरमा बिरामीले पिसिआर टेष्ट नगराउने र संक्रमन लुकाएर राख्ने गर्दा संक्रमन भयाबह बन्न पुगेको बताए ।

उनले आफुहरु ज्वोरो नाप्ने थर्मल गन,अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटर प्रयोगका साथ बिरामीको स्वास्थ्य अवस्था चेकजाँच पछि अबस्थाको बिश्लेषन गरि आबस्यक औषधि निशुल््क उपलब्ध गराउने बताए ।

पहिलो दिन २५ जनाको स्वास्थ जाच गरिएको झाँले बताए । घुम्ती शिबिरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्धार गरि सम्बन्धित अस्पतालसम्म पु¥याउने ब्यबस्था गरिएको उक्त संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *