२०८१ चैत्र ६ गते बुधवार

आज देखी शनिबार सम्म ठुलो पानी पर्ने, बाढी, पहिरो तथा डुबानको सम्भावना

जेठ १३। देशका विभिन्न ठाउँमा आजदेखि शनिवार सम्म ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको देशका हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना र प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक बिज्ञप्ति जारी गर्दै ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन र विपद् व्यवस्थापनमा खट्न आग्रह गरेको हो ।

प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।

यस्तै प्राधिकरणले पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *