
तस्बिर – बिष्णु भण्डारी
तुलसीपुर, जेठ १२ । तुलसीपुरस्थित गोरखा माध्यामिक बिद्यालयले मेट्रो अस्पताललाई डेढलाख बढी आर्थिक सहयोग प्रदान गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुगोस भनेर बिद्यालयको तर्फबाट एकलाख ५१ हजार नगद हस्तान्तरण गरिएको बिद्यालयका प्रिन्सिपल बिजय जिएमले जानकारी दिए ।
प्रिन्सिपल जिएमले एक लाख २५ हजार अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ र थप २६ हजार बिरामीका लागि अक्सिजन सिलिण्डर रिफिलका लागि प्रदान गरिएको बताए । सबैको सहयोग र सहकार्यबाट कोरोना परास्त गर्न संभव हुने भन्दै उनले सहयोगी हातहरु अगाडि बढ्न जरुरी रहेको तर्क गरे ।
यसैबीच अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन रिफिलका लागि एक लाख ५१ हजार नगद सहयोग गर्ने बिद्यालय परिवारलाई तुलसीपुरका मेयर घनश्याम पाण्डेले धन्बाद ज्ञापन गरेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार