दाङ, जेठ ११ । बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका वडा नं. १ निवासी ३७ वर्षीया आमा चन्द्रा विक र उनकी तीन बर्षीया छोरी दिपिको मृत्यु भएको छ ।
चन्द्राको घटनास्थलमै गम्भीर घाइते दिपिकाको उपचारका क्रममा बाँकेको कोहलपुरमा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार