२०८१ चैत्र ३ गते आइतवार

आमा र दूई छोरा छोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

तस्विर – सिटी पोखरेल

दाङ, जेठ ११ । प्यूठानको जंगलमा आमा र दूई छोरा–छोरी एउटै रुखमा झुण्डिए आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ९ दहचौरकी २५ बर्षीया आमा गायत्री सुनार, ६ बर्षीया छोरी प्रकृति र अन्दाजी ३ बर्षको छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु प्यूठान नगरपालिका वडा नं. १ को चेरनेटास्थित रातोमाटा सामुदायिक वनमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रबक्ता देबिप्रशाद गैरेले फरककोणलाई बताए ।

गायत्री सोमबार दिउँसो स्वर्गद्धारी ४ दहवनस्थित माइती घरमा आमा बिरामी भएको भन्दै माइत जान भनेर छोरा छोरीसहित निस्किएको भन्ने खुल्न गैरेले बताए ।

प्रहरी निरिक्षक गैरेले गायत्रीका श्रीमान इण्डियामा रहेको जानकारी दिए । शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल बिजुवार लैजाने तयारी रहेको गैरेले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *