२०८३ असार २७ गते शनिवार

लमहीबाट चोरी भएको गाडी ६ दिनसम्म पनि फेला परेन


तुलसीपुर, जेठ १० । लमहीबाट ६ दिन अगाडि चोरी भएको गाडी अझैं फेला परेको छैन ।भे १ त १५२६ नम्बरको उक्त गाडी लमही नगरपालिका वडा नं. ५ स्थित लमही बजारको पूर्वपश्चिम राजमार्गस्थित घर अगाडि पार्किङ गरी राखेको अवस्थामा चोरी भएको हो ।

गाडी धनि बिजय केसीका अनुसार उक्त गाडी उनले एक महिना अगाडि मात्रै किनेका थिए । नारायण घिमिरेको नाममा रहेको उक्त गाडी खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

सिसी टिभी फूटेजमा एक जना युवाले बैशाख ४ गते राति १२ ः ३८ बजे गाडी चोरी गरेर लगेको फूटेज फेला परेको प्रहरी निरिक्षक पौडेले बताए । गाडी चोर्ने व्यक्तिले गाडी राजमार्गबाट पश्चिम बाँके तर्फ लगेको देखिएको छ ।

लकडाउनकै बीचमा लमहीबाट चोरी भएका थप दूईवटा गाडी भने फेला परिसेकेको प्रहरीले जनाएको छ । यो अवधिमा घोराहीबाट पनि थप तीनवटा जति गाडी चोरी भएको र ती सबै फेला परिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *