२०८१ चैत्र ९ गते शनिवार

अमेरिकामा बस्ने युवाले पठाएको ११ लाख बढी रकमले ३० सिलिण्डर अक्सिजन खरिद


दंगीशरण ,जेठ ९ । दंगिशरण गाउँपालिकाको बागरस्थित आइशोलेशनका लागि ३० वटा नयाँ सिलिण्डर खरिद गरिएको छ । अमेरीकामा बस्ने दंगीशरण गाउँपालिका वडा न. ६ र ७ का युवाहरुले पठाएको ११ लाख १९ हजार ९ सय ८० रुपैंयाले ३० वटा नयाँ सिलिण्डर अक्सिजन खरिद गरिएको हो ।

कोरोना महामारीमा सर्वसाधारणले अक्सिजन नपाएर अस्पतालहरुमा छटपटाइरहेको समाचार देखेपछि अमेरिका बस्ने युवाहरुले सहयोग स्वरुप उक्त रकम संकलन गरि पठाएका थिए ।खरिद पछि ती सिलिण्डर सोमबार गाउँपालिकाका अध्यक्ष्य भागिराम चौधरी, उपाध्यक्ष पिमाकुमारी खडका, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलसहितको टोलीले आइसशोसनलाई ती अक्सिजन सिलिण्डर हस्ताणतरण गरेका हुन ।

गाउँपालिकाका प्रबक्ता बिरबहादुर वलीले बिदेशबाट युवाहरुले पठाएको सहयोग रकमको सही सदुपयोग गर्ने बताए । सोमबार ३० वटा अक्सिजन थपिएपछि गाउँपालिकाको आइशोलेशनमा ४५ वटा अक्सिजन सिलिण्डर पुगेको र २५ बेड सञ्चालन गरिएको वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *