दाङ, जेठ ९ । दाङका दूई जनासहित बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ की ४५ बर्षीया महिलाको शनिबार राति १० बजे र बबई गाउँपालिका वडा नं. २ का ९२ बर्षीय पुरुषको शनिबार बेलुका भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नं. ८ का ३८ बर्षीय पुरुष, कैलालीको टिकापुर १ का ६० बर्षीय पुरुषको भेरी अस्पतालमा, कैलाली लम्किचुहा नगरपालिका ६ की ३३ बर्षीया महिला र कैलाली जानकी नगरपालिका ९ की ७५ बर्षीया महिला को नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
त्यस्तै कैलालीको टिकापुर नगरपालिका ७ का ३५ बर्षीय पुरुषको भेरीमा र सल्यानको शारदा नगरपालिका १ का ५० बर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन् ।
यो संगै बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१३ पुगेको छ । जसमध्य बाँकेका २७३ र बाहिरी जिल्लाका २४० रहेका छन् ।
