दाङ, जेठ ८ । बाँकेमा उपचाररत दाङका थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य तीन जना तुलसीपुरका र एक जना लमहीका रहेका छन् ।
तुलसीपुर उपमहागनरपालिका वडा नं. ५ का ६३ बर्षीय पुरुषको दिउँसो १ ः २० मा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा, तुलसीपुर १२ की २८ बर्षीया महिलाको मध्यान्हः १२ बजे भेरी अस्पतालमा, लमही नगरपालिका वडा नं. २ की ६८ बर्षीया महिलाको शनिबार बिहान ७ बजे कोहलपुरमा र तुलसीपुर १० का ५२ बर्षीय पुरुषको शुक्रबार बेलुका पौने ८ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेमा शुक्रबार बेलुकादेखि शनिबार दिउँसोसम्म १४ जनाको मृत्यु भएको छ । जसमा बाँकेका ५, बर्दियाका ३, सल्यान र कञ्चनपुर जिल्लाका १÷१ जनाको मृत्यु भएको छ ।
यो संगै बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५०५ पुगेको छ । जसमा बाँकेका २७३ र बाँके भन्दा बाहिरी जिल्लाका २३२ रहेका छन् ।