२०८३ भाद्र ११ गते बिहिवार

बिहीबार दाङमा ४१५ जनाले कोरोना जिते, १७९ नयाँ संक्रमित थपिए, आठ जनाको मृत्यु

तुलसीपुर, जेठ ६ । बितेको २४ घन्टामा दाङमा ४१५ जना कोरोना जितेर घर फर्किएका छन् । यो अबधिका जिल्लामा थप १७९ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला जनश्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घन्टामा दाङमा ८ जनाको मृत्यु भएको छ । तुलसीपुर ४ , घोराही ३ र लमहीमा १ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म २ हजार १ सय १६ जना सक्रिय संक्रमित छन् । जसमा सबैभन्दा धेरै घोराहीमा ९४३, तुलसीपुरमा ८२५, लमहीमा १०७, दंगिशरणमा ७८, राप्तीमा ४९, शान्तिनगरमा ४६, बबईमा ४०, गढवामा १६ र राजपुर र बंगलाचुलीमा समान ६÷६ जना संक्रमित रहेको जिल्ला जनश्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

हालसम्म जिल्लामा कुल संक्रमितको संख्या ९ हजार ८ सय १३ पुगेको छ । जसमध्य ७ हजार ५ सय २२ जनाले किरोना जिति सकेका छन् । दाङमा जेठ ६ गतेसम्म १८२ जना संक्रमितको मृत्यु भएको जिल्ला जनश्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *