तुलसीपुर,जेठ ५ ।कोरोना संक्रमण (कोभिड–१९) को महामारीलाई नियन्त्रण गर्न दाङमा बैशाख १७ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ ।
निषेधज्ञा सुरु भएको बुधवार २० दिन औँ भइसकेको छ । पछिल्लो समय जेठ १५ गतेसम्म त्यो लम्ब्याइएको छ ।
तर, नागरिक भने अटेरी देखिएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा पनि बजार भिडभाडयुक्त बन्ने गरेको छ ।
पछिल्लो सयम जिल्लामा आइतवार र बुधवार बिहान ७ देखि ८ वजे सम्म एक घन्टाको लागि मात्रै अत्याबश्यक बस्तु किनमेल गर्न पाउने समय निर्धारण गरिएको छ ।
त्यो समयमै बढी भिडभाड देखिने गरेको छ ।
किनमेल गर्ने बाहानामा मानिसहरुको भिडभाडले कोरोनाको जोखिम उच्च बन्ने खतरा छ ।
खाद्यन्न र किरानाका पसलहरुमा किनमेल गर्न आउनेहरुले भौतिक दुरी समेत पालना गरेको देखिदैन ।
कतिपय स्वास्थ्य मापदण्ड नै पालना नगरि हिडिरहेका देखिन्छन् ।
तर, कतिपय मानिसहरु भने हप्तामा दूई दिन र एक घन्टा मात्रै किनमेलको समय निर्धारण गरिनुले भिडभाड बढेको तर्कहरु गर्न थालेका छन् ।
त्यस्तै बैंकहरुमा पनि उत्तिकै भिडभाड देखिन्छ ।
स्थानीय प्रशासनले जिल्लाका बैंकहरु आलोपालो बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने नियम बनाएको छ ।
एउटा बैंक तथा बित्तिय संस्था हप्तामा दूई दिन मात्रै खोल्न पाउने ब्यबस्था रहेको हुँदा पनि भिडभाड बढेको कतिपयको दाबी रहेको छ ।
भिडभाडयुक्त स्थानमा सर्वसाधारणलाई कोरोनाबारे संझाउने बुझाउने कोहीपनि देखिदैन ।
स्थानीय प्रहरी प्रशासनको समेत उपस्थिति देखिदैन ।
ब्यापारीलाई जति सक्यो धेरै सामान बिक्रि गर्न पाए हुन्थ्यो भन्ने ध्याउन्न मात्रै हुन्छ ।
प्राय गाउँघरबाट सामान किनमेल गर्न आउनेहरुले समेत कुनै साबधानि अपनाएको देखिदैन ।
जसले गर्दा झनै कोरोना संक्रमनको जोखिम बढ्ने चिन्ता भइरहेको छ ।