
तुलसीपुर,जेठ ५ ।पीसीआर टेस्टको लागि घोराही तुलसीपुर जानू पर्ने जनताको अप्ठेरोलाई मध्यनजर गर्दै मेट्रोसिटी पाेलिक्लिनिक सँग समन्वय गरि तुलसीपुर उपमहानगरपालिका वडा नंः १८ हेमन्तपुरले आजबाट यस क्षेत्रका नागरिकहरुका लागि पीसीआर स्वाव संकलन कार्यक्रम सञ्चालन गरेको छ ।
लकडाउनका कारण टाढा जानुपर्ने जनताहरुको दु:ख र कष्टलाई मध्येनजर गर्दै वडाले यस्तो कार्यक्रम संचालनमा ल्याएको वडा अध्यक्ष माधव ओलीले बताए । वडा अध्यक्ष वलीले सजिलै अाउन सकिने अन्य छिमेकी वडा बासीले पनि यस सेवाबाट लाभ लिने कुराको जानकारी दिँदै, कोहि अशक्त, असहाय र घरको आर्थिक अबस्था अति कमजोर भएका बिरामीहरु भएमा लाग्ने सम्पुर्ण खर्च वडाले नै ब्यहोर्ने कुरा समेत जानकारी दिए ।
पीसीआरको लागी स्वाव दिन आएका तुलसीपुर १८ का एक कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले वडा कार्यालयले हाम्रो लागी घरमै आएर यसरी सेवा प्रदान गरेकोमा खुसी भएको जानकारी गराउदैँ गाउँमा सिंहदरबार आयो भन्ने कुरालाई अझै यस सेवाले प्रष्ट बनाईदिएको छ भन्दै धन्यवाद दिए । साथै उनले यो दु:खको घडीमा सबै जनप्रतिनिधिहरु हाम्रो वडा अध्यक्ष जस्तै भए जनताहरुको आधा रोग त्यसै निको भएर जाने भन्दै आभार समेत प्रकट गरे ।

अहिले गाउँघरमा झन्झट र साधन श्रोतको अभावका कारण कयौँ बिरामीहरु गाउँ घरमा नै बसिरहेको पाएपछि वडा नं १८ ले यहाँको जनताहरुको पिडा र मर्मलाई मध्यनजर गर्दै यो कार्यक्रम सुरु गरेको वडा नं १८ नगरस्वास्थ्य केन्द्रका ईचार्ज डिल्ली शर्माले बताए। आज तुलसीपुर १८ लगाएत छिमेकी वडाका बिरामीहरुको समेत स्वाव संकलन गरिएको छ ।
आज तुलसीपुर १८ का ८ जना तुससीपुर १७ का २ जना र तुलसीपुर १९ का १ जना गरि जम्मा ११ जनाको स्वाँब संकलन गरिएको छ । साथै हप्ता हप्तामा बिरामीहरूको चापलाई मध्यनजर गर्दै स्वाव संकलन कार्यलाई निरन्तरता दिने वडा अध्यक्ष वलीले जानकारी दिएका छन्।
