२०८१ चैत्र ३ गते आइतवार

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु

दाङ, जेठ ५ । पश्चिम नवलपरासीको सीमाबर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ६ का २२ वर्षीय अविनाश राजभर बुधबार बिहान सशस्त्र प्रहरीको गोली लागि घाइते भएका थिए । घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार पछि थप उपचारका लागि बुटवलस्थित सिटी अस्पतालमा पु¥याइएको थियो। 

उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।उनको दायाँ खुट्टाको तीघ्रामा गोली लागेको थियो । 

पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रतर्फ जाँदै गरेका ४ ÷ ५ जना युवालाई सीमामा खटिएको प्रहरीले रोक्न खोज्दा स्थानीय र प्रहरीका बीचमा तनाब सृजना भएको थियो ।

ती युवाले बलजफती गर्न थालेपछि प्रहरीले रोक्न प्रयास गर्दा उल्टै उनीहरु प्रहरीमाथि जाइ लागेको नवलपरासी प्रहरीले दाबी गरेको छ । 

त्यसपछि ती युवाहरुले सहयोगका लागि  गाउँका थप युवा मगाई सुरक्षाकर्मीमाथि जाइ लाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ । 

सुरूमा युवाहरूलाई सम्झाउँदा नमानेपछि हवाई फायर गरेको र त्यति गर्दापनि उनीहरुले आक्रमण जारी राखेपछि  गोली चलाउन बाध्य भएको स्थानीय प्रशानले बताएको छ । 

सशस्त्र प्रहरी तर्फपनि  झन्डै आधा दर्जन जति घाइते भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *