
तुलसीपुर, जेठ ५ । तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडाले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालका लागि २ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।
अक्सिजको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर सहयोग गरेको तुलसीपुर–६ का वडा अध्यक्ष नवराज लामीछानेले जानकारी दिए ।
उक्त कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी छटपटाई रहेको समयमा कन्सट्रेटर उपकरण खरिद गरेर अस्पताललाई दिइएको वडाध्यक्ष लामिछानेले बताए ।
तुलसीपुरका १९ वडा मध्य ६ नम्बर वडाले मात्रै हालसम्म कन्सट्रेटर खरिद गरि अस्पताललाई प्रदान गरेको हो । उक्त उपकेरण मंगलबार रातिदेखि संचालनमा आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
