२०८१ चैत्र ३ गते आइतवार

काठमाडौंबाट रुकुम जाँदै गरेको बस दूर्घटना : ४ जनाको मृत्यु, ४० बढी घाइते

दाङ, जेठ ५ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको यात्रुबहाक बस दूर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । थप ४० जना बढी घाइते रहेका छन् । 

काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस नवलपरासीको दाउन्नेमा दूर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र थप ४० जना बढी घाइते भएको   जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । 

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

मृतक मध्य एकजना रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाकी २७ बर्षीया कल्पना पुन रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्धार गरि बर्दाघाट स्थित चिसापानी अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *