बुटवल, जेठ ५ । रूपन्देहीका पत्रकार हिक्मत चौधरीको ६१ बर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारत चौधरीको बुधबार बिहान पौने तीन बजे मृत्यु भएको हो ।
अग्रज पत्रकार चौधरीलाई गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
एक हप्तासम्म आइसियूमा उपचार पछि सोमबार मात्रै उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार