दाङ, जेठ ४ । कोरोना संक्रमणका कारण मंगलबार दाङका ११ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका ५, घोराही उपमहानगरपालिकाका २, बबई गाउँपालिकाका २, गढवा र दंगीशरण गाउँपालिकाका १÷ १ जना गरि ११ संक्रमितको मृत्यु भएको छ ।
यो सहित दाङमा हालसम्म १ सय ७० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।जिल्लामा हाल २ हजार ६ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।
दाङमा बितेको २४ घण्टामा २ सय ७ जना नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार