२०८१ बैशाख १५ गते शनिवार

घाँटीमा गहिरो चोट खेपेका घाइतेको प्रतिष्ठानमा सफल अप्रेसन


घोराही, जेठ ४ । राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा मोटरसाईकल दूर्घटनामा परि घाँटीमा गम्भीर चोट लागेको बिरामिको जटिल मानिने शल्यकृया सफलता पुर्बक गरिएको छ । घोराही उपमहानगरपािलका वडा नं. ७ सौडियारका २२ बर्षीय भुपेश चौधरीको प्रतिष्ठानका चिकित्सकहरु मिलेर मंगलबार सफल शल्यकृया गरेका हुन ।

कोरोनाको महामारीको समयमा पनि इमरजेन्सिरुपमा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई चिकित्सकले मिलेर अफल अप्रेसन गरेको अप्रेसनमा सम्लग्न नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बिक्रम बुढाथोकीले जानकारी दिए ।

चौधरी दुर्घटनापरी सडक नालीमा ठोक्किन पुग्दा घाँटीमा गहिरो घाउ खत लागेको थियो ।
‘ घाँटी छिया–छिया भएको अबस्थामा बिरामी आउनु भएको यिथो,’ डा. बुढाथोकीले भने ‘ उहाँको अवस्था देखेर हामीले आपसमा सल्लाह गरि तत्काल अप्रेसन थालेका थियौं ।’
कोभिडको समयमा पनि जटिल खालको अप्रेसन सम्बन्धि सेवा दिन पाउँदा आफुलाई सञ्तोष लागेको उनले बताए ।

‘ कोभिडको समयमा जिल्ला बाहिर उपचारका लागि पठाउने बस्था गाह्रो थियो,’ उनले भने ‘सोही कुरालाई मध्यनजर गरी प्रतिष्ठानका चिकित्सकहरुले आपसमा सल्लाह गरेर अप्रेसन थालेका थियौं ।’

घाइते चौधरीको अप्रेसनमा डा. बुढाथोकीको नेतृत्वमा एनेस्थेसिया डा. अन्जित केसी, अर्थौपेडिक सर्जन ऋषिश्बेर श्रेष्ठसहित ओटी र एनेस्थेसियाका नर्शहरु सिर्जना महरा, सुशिला चौधरी, अनिता वली, बशन्ता थापा, समिता डिसी लगाएतको टिम खटेको थियो ।
अप्रेसनपछि बिरामिको अबस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *