२०७८ असार १ गते मङ्गलवार

तुलसीपुर जेसिजले २० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्यो

तुलसीपुर, जेठ ३ । तुलसीपुर नगर जेसिजले २० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । अक्सिजनको अभावमा कोरोना संक्रमित अस्पतालहरुमा छटपटाउनु नपरोस र उनीहरुको ज्यान जोगाउन सहयोग पुगोस भनेर नगर जेसिजले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) ले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई २० वटा अक्सिजन सिलिण्डर सोमबार हस्तान्तरण गरेका हुन ।

जसमध्य आठवटा सिलिन्डर तुलसीपुर ८ स्थित भिमसेन कोरोना अस्पताल, थप दशवटा सिलिन्डर बेलझुण्डी कोरोना अस्पतालका ब्यबस्थापक दोर्ण वलीलाई र दूईवटा अक्सिजन सिलिन्डर बबई गाउँपालिकामा निर्मित कोरोना आइसोलेसनलाई हस्तान्तरण गरिएको थियो ।

यो संगै तुलसीपुर नगर जेसिजले हालसम्म विभिन्न समय र स्थान गरि ३६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरि सकेको जानकारी दिएको छ ।

जेसिजमा सिलिन्डर ब्यबस्थापन गर्न जिम्मा उपाध्यक्ष थुमन बिश्वकर्मा, महासचिव दामोदर न्यौपाने, जनसम्पर्क अधिकारी चेतन कडेल, तालिम निर्देशक प्रवेश भुसाल लगाएतले गरेको तुलसीपुर नगर जेसिजले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *