तुलसीपुर, जेठ ३ । कोरोनाका कारण दंगिशरण गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार निधन भएको छ । चौधरी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
६३ बर्षीय वडाध्यक्ष चौधरीको उपचारका क्रममा जेठ ३ गते मध्यान्ह १२ बजे नेपलगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार वडाध्यक्ष चौधरीलाई बैशाख २५ गते पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि उनी बैशाख २७ गते उपचारका लागि कोहलपुरमा भर्ना भएका थिए ।
वडाध्यक्ष चौधरी नेपाल मटवा महासंघको केन्द्रीय सदस्य थिए । उनको थारु जातिको कला संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका थियो । ब्याकवार्ड सोसाईटी एजकेसन बेशका केन्द्रीय सदस्य समेत रहेका वडाध्यक्ष चौधरीले थारु कला संस्कृतिको बारेमा बृत्तचित्रमा समेत खेलका छन् ।
नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले वडाध्यक्ष चौधरीको निधनले अपुरणिय क्षति भएको बताए । ‘कमैया आन्दोलन र थारु समुदायको शिक्षामा स्वर्गिय वडाध्यक्ष चौधरीको ठूलो योगदान छ,’ सांसद चौधरीले भने ‘ उहाँको निधनले थारु समुदाय र नेपाली काँग्रेसलाई अपुरणिय क्षति पुगेको छ ।’