२०७८ असार १ गते मङ्गलवार

सल्यानमा ४ युबाले यसरी जुटाए २० वटा अक्सिजन सिलिन्डर


दाङ, जेठ ३ । सल्यानमा चार युवाले कोरोना महामारीको समयमा अक्सिजनको अभावले छटपटाई रहेका बिरामीहरुका लागि भनेर २० सिलिण्डर अक्सिजन प्रदान गरेका छन् । जिल्ला अस्पताल सल्यानलाई आइतबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन ।

करिब एक हप्ता अगाडि हपिस भण्डारी, आषिस केसी, गोविन्द (आभाष) शर्मा र टेकराज शाहीले मिलेर सामाजिक सञ्जाल फेसबुक मार्फत ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार’ अभियान संचालन गरेका थिए ।

उनीहरुले सञ्चालन गरेको अभियानमा देश बिदेशबाट सहयोग प्राप्त भयो । करिब एक हप्ता दिनमै पाँच लाख भन्दा बढी रकम संकलन भएपछि २० थान ठूलो सिलिन्डर खरिद गरेर अस्पताललाई हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको एकजना अभियान्ता गोबिन्द (आभास) शर्माले बताए ।

आइबार उद्योग बानिज्य संघका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा अस्पताल प्रशासनलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए ।

आफुहरुले सुरु गरेको अभियानमा आठ दिनमा पाँच लाख २१ हजार रकम संकलन भएको र त्यसमध्य चार लाख ४० हजारमा अक्सिजन सिलिन्डर खरिद गरेर अस्पताललाई दिएको एक अर्का अभियान्ता तथा पत्रकार आशिष केसीले जानकारी जानकारी दिए ।

उनले बचेको पैंशापनि बिरामीको जीवन रक्षाकै लागि खर्च गरिने बताए । कोरोना महामारीको बिपदमा बिरामीहरु अक्सिजन नपाएर छटपटाउन थालेपछि आफुहरु त्यो हेर्दै बस्न नसकेको र बैशाख अन्तिम सातादेखि अभियान सञ्चालन गरेको केसीले बताए । मानविय नाताले आफुहरुको अभियानमा सहयोग गर्ने सबैलाई अभियान्ताहरुले धन्यबाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *