दाङ, जेठ १ । स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा जेठ १५ गतेसम्म लम्ब्याएको छ ।
जिल्लामा संक्रमितको संख्या बढ्दै जानु तथा मृत्युदर पनि बढ्दै गएको हुँदा त्यो रोकथाम र नियन्त्रण गर्नका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।
बैशाख १७ गते बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा पछिल्लो निर्णय संगै अब जेठ १५ गते बेलुका ६ बजेसम्म कायम रहने भएको छ ।
जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको शुक्रबारको बैठकले निषेधाज्ञा थप कडाई गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय हप्तामा दूई दिन आइतबार र बुधबार मात्रै बिहान ७ बजेदेखि ८ बजेसम्म अत्याबश्यक सामाग्री किनमेल गर्न पाइने समय तोकिएको छ ।
यअसघि हप्तामा सातै दिन अत्याबश्यक सामाग्रीहरु खाद्यान्न, खानेपानी, दूध, तरकारी, इन्धन, औषधी, बिद्युत आपुर्ती, टेलिफोन, फोहरमैला ब्यबस्थापन र पशुपंक्षिको दाना किनमेलका लागि समय छुट्याइएको थियो ।
त्यस्तै पूर्वपश्चिम भएर सञ्चालन हुने गाडीहरुबाट जिल्लामा यात्रु उठाउन र झार्न समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिएका छन् ।
निर्माण सामाग्री ढुवानीका लागि प्रत्येक दिन बेलुका ६ बजेदेखि ९ बजेसम्म मात्रै समय तोकिएको छ ।
औद्योगिक प्रतिष्ठान र बिकाश निर्माणको काम गर्ने स्थलहरुमा श्रमिकको बस्ने, खाने र स्वास्थ्य उपचारको ब्यबस्था भएमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरि काम गर्न पाइने भएको छ ।
अनलाई कक्षा बाहेक जिल्लामा रहेका अन्य सबै शैक्षिक संस्था बन्द गरिएका छन् । यो अवधिमा परीक्षा समेत सञ्चालन गर्न नपाइने भएको छ ।
अति आवश्यक सेवा प्रवाह गर्ने बाहेकका सम्पूर्ण सरकारी कार्यालय समेत बन्द रहने छन् ।
बैंक तथा बित्तिय संस्थाहर आलोपालो गरि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिएका छन् ।