तुलसीपुर,जेठ १ । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निबासी ४७ बर्षका पुष्प श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
नवनिर्मित आफ्नो घरमा पानी चार्नका लागि फलामको भ¥याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको शनिबार बिहान पौने ९ बजे मृत्यु भएको डिएसपी सिंहले बताए ।
प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
