२०७८ असार १ गते मङ्गलवार

गोरखा ग्रुपले प्रतिष्ठानाई २ लाख ३७ हजार सहयोग गर्यो


घोराही, बैशाख ३० । गोरखा गुप्र प्रालि घोराही दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पुगोस भनेर २ लाख १ हजार रुपंैया सहयोग गरेको छ ।

त्यस्तै अक्सिजन रिफिल गर्न ३६ हजार गरेर कुल २ लाख ३७ हजार रुपैंया उक्त ग्रुपले आर्थिक सहयोग गरेको हो । घोराहीका पूर्व मेयर तथा युबा नेता बलिभद्र रानाको बिशेष पहलमा गुप्रका सिइओ नवलसिंह जिएम र गुप्रका ब्यबस्थापक बसन्त पुनले प्रतिष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतलाई उक्त सहयोग बिहीबार हस्तान्तरण गरेका हुन ।

सो अवसरमा प्रतिष्ठानको कामु रजिस्ट्रार झंकार लामिछाने, दाङ जिल्ला उद्योग बाणिज्य संघधका पूर्व अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, महासंघका पुर्ब अध्यक्ष सबिन प्रियासनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *