२०८१ चैत्र १३ गते बुधवार

लमहीका मेयर र ‘मास्क म्यान’ बिरुका बीचमा किन भयो, चर्काचर्की ?

बिरुले पिपिई सेट लमही अस्पतालमा दिए

लमही, बैशाख ३० । पहिलो चरणको कोरोना भाइरस फैलीरहेको बेला होस या दोस्रो चरणको कोरोना भाइरस । कोही चोकमा बिना माक्स हिडेको देख्ना साथ ‘लौ माक्स लगाउनुस, सुरक्षित रहनुहोस है’ भन्दै झोला बाट माक्स निकालेर मास्क अनिवार्य लगाउन अनुरोध गर्दै हिडने ब्यक्तिको नाम हो, बिरबहादुर खत्री (बिरु) ।

आजपनि उनको त्यो अभियान जारी छ । ‘मास्क म्यान’ खत्रीको दैनिकी हरेक ब्यक्तिलाई मास्क विरतण गर्दै तथा अस्पतालमा रहेका बिरामीको अबस्था बुझ्दै र अस्पतालमा अपुग स्वास्थ्य सामाग्री निशुल्क बितरण गर्दैमा बित्ने गरेको छ ।

खत्री बिहीबार बिहानै लमही आइपुगे । उनी तीन सेट पिपिई र केही स्वास्थ्य सामाग्रीसहित पुगेका थिए । बुधबार मात्रै त्यहाँका स्वास्थ्यकर्मीले प्लाष्टिक बेरेर बिरामी चेक गरिरहेको तस्विर सार्वजनिक भएको थियो ।

खत्री पुग्दा बिहीबार अस्पतालको प्राङगणमा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीपनि थिए । उनले अस्पतालका कर्मचारीलाई केही कुरा सम्झाउदै गरेका थिए । सोही अबसरमा पिपिइ संगै स्वास्थ्य सामाग्री सहित पुगेका बिरुले उक्त सामाग्री मेयर केसी कै हातमा हस्तान्तरण गर्न पाउने जस्तो वाताबरण देखेर उत्साहित बने ।

तर, मेयर केसीले एकद्वार प्रणालीबाट मात्रै ती सामाग्री हस्तान्तरण गर्नुस भन्न थाले ।
‘मास्क म्यान’ बिरुले आफुले सामाजिक सञ्जाल मार्फत पिपिई सेट अभाव रहेको भन्ने जानकारी पाएर सहयोगका लागि आएको बताए ।

तर, त्यहाँ मेयर केसी र मास्क म्यानबीच कुरा बाझियो । मेयर र खत्रीका बीचमा चर्काचर्की भयो ।
अनि खत्रीले आफुले लगेर गएको उक्त सामाग्री खत्रीले लमही अस्पतालका सुपरिटेन्डेन्ट डा. रन्जिता महतोलाई हस्तान्तरण गरे ।

खत्रीले भने ‘पहिलो लकडाउन होस या दोस्रो मेरो यो अभियानको दौरानमा आजको दिनमा जति निराश कैहेले पनि हुनु परेको थिएन ।’

किन भन्ने प्रश्न गर्दा – खत्रीले सहयोग गर्न खोज्दापनि ‘मेयर साप’ले अस्पताल तपाईं नै चलाउनुस भन्ने जवाफ लगाउनु भयो ।

हाल सम्म ‘मास्क म्यान’ बिरुले स्वास्थ्य चौकी लयायत स्वास्थ्य संस्था संघ सस्था बाटोघाटो लगाएतका विभिन्न स्थानमा मास्क वितरण गर्दै आएका छन । हालसम्म उनले दुई लाख भन्दा बढी मास्क निशूल्क वितरण गरिसकेको दाबी गर्छन । नेपाली सबैले हातेमालो गरि यो संकटबाट पार पाउन सकिने बिरुको बिश्वास छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *