२०८१ चैत्र ९ गते शनिवार

दंगिशरणमा आइशोलेसन तयार

दंगीशरण,बैशाख,२९ । दंगिशरण गाउँपालिकाले कोभिड संक्रमितहरुको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा आइशोलेशन केन्द्रको स्थापना गरेको छ ।

 आइसोलेशन केन्द्रमा ५ वटा अक्सिजन सिलिण्डरसहित १० बेड छन्। दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले अरु बेडहरु थप गर्न संभव रहेपनि अक्सिजनको अभाव रहेको बताए । 

गाउँपालिका अन्तरगत  हेकुली स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर खत्रीले बुधबारसम्म  १ सय ४ जना सक्रिय संक्रमित रहेको बताए । 

गाउँपालिकाको ७ वटा वडामा ४६ जना महिला र ५८ पुरुष हालसम्म संक्रमित रहेका छन् । जसमध्य पिसिआर बाट ५० जना, एन्टिजेन परीक्षणबाट ५०  संक्रमित फेला परेका हुन । 

संक्रमित मध्य ५९ जना होम आइशोलेशनमा बसेका छन् भने आइशोलेशन केन्द्रमा ६ जना बसेका छन् । 

त्यस्तै  कोरोना अस्पतालमा थप ६ जना उपचाररत छन् ।  गाउँपालिकामा हालसम्म २९ जनाले कोरोना जितेका छन् ।  हालसम्म  ४ जना संक्रमितको मृत्यु भएको छ ।    

गाउँपालिकाका प्रवक्ता विरबहादुर वलीले  पुराना खाली सिलिण्डर जम्मा गरेर ती भर्ने कार्यलाई महत्व दिइएको बताए ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *