वैशाख २८ । पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ५९६ पीसीआर तथा ७२० एन्टिजेन परीक्षण भएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१२१९ जना संक्रमण मुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको देखिएको हो। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ पुगको छ।
प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
