२०८१ जेष्ठ १३ गते आइतवार

कोरोनाबाट एकै दिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित थपिए

काठमाडौं,वैशाख २७ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *