२०८१ जेष्ठ १६ गते बुधवार

बाँकेमा जेठ ३ गते सम्म निषेधाज्ञा लम्बियो

दाङ, बैशाख २७ । बाँकेमा तेस्रो पटक निषेधाज्ञा थपिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना प्रकाशित गरेर जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिइएको छ ।

स्थानीय प्रशासनले बाँकेमा वैशाख ९ गतेदेखि सुरुमा नेपालगन्ज क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरेको थियो ।त्यसपछि वैशाख १३ गते मध्य रातिदेखि जिल्लाभर एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

त्यो निषेधाज्ञा लम्बाएर २७ गतेसम्म पु¥याइएको थियो । सोमबार फेरि तेस्रो पटक त्यो लम्बाएर जेठ ३ गतेसम्म निषेधाज्ञा पु¥याइएको छ ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निषेधाज्ञालाई थप्नु परेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *