२०८३ कार्तिक १२ गते बुधवार

भोलि र पर्सि ठूलो पानी पर्ने

काठमाडौं, बैशाख २७। देशका धेरै ठाउँमा अहिले पानी परेको छ । पहाडी क्षेत्रका धेरै ठाउँमा आज बिहानैदेखि मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको छ भने काठमाण्डाै, मकवानपुर, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, चितवनलगायतका क्षेत्रमा मघ गर्जनसहित पानी परिरहेको छ । आज देशभरिकै मौसम बद्ली भएको महाशाखाले जनाएको छ ।

प्रि मनसुनसँगै पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो । आज राति पनि केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, भोलि र पर्सि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *