२०८२ बैशाख ११ गते बुधवार

बबईकी २७ बर्षीया महिला र तुलसीपुरका ४१ बर्षे पुरुषको मृत्यु

तुलसीपुर, बैशाख २६ । दाङका थप दूई संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलुझुण्डी दाङमा बबई गाउँपालिका वडा नं. ४ की २७ बर्षीया महिलाको मृत्यु भएको छ ।

उनको मृत्यु आइतबार बिहान साढे १२ बजे बेलझुण्डी अस्पतालमा भएको अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले बताए । उनी बैशाख २५ गतेदेखि आइसियूमा उपचाररत थिइन ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ४१ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बैशाख १२ गते पिसिआर परीक्षणका क्रममा संक्रमन पुष्टि भएका उनी बैशाख २२ गते कोहलपुरमा भर्ना भएका थिए ।

उनको बिहान दूई बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सजन तेज वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *