२०७८ असार १ गते मङ्गलवार

देउखुरीमा खाली अक्सिजन सिलिन्डर संकलन कार्यको सुरुवात ( फोटो फिचर)

देउखुरी ,बैशाख २५। काेभिडकाे महामारिमा देशभर अक्सिजनकाे अभाव देखिएकाे र यस्ताे विपत्तिको सामना गर्न लमही जेसिजले देउखुरी क्ष्ाेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ ।

अक्सिजनको कारण ले कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै यो अभियान सुरु गरेको लमही जेसिजका अध्यक्ष दुलम दास चौधरीले बताए ।

कोरोना संक्रमितको उपचारमा खपत बढेपछि देश भरका अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । यतिबेला अक्सिजन उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

निम्न आयस्रोत भएका ब्यक्तिहरु लाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका सम्योजक तथा लमही जेसिजका महासचिव सुन्दर केसिले बताए ।

बर्ष २०२१ का अध्यक्ष दुलम दास चौधरी बिगत १५ बर्ष देखि अक्सिजन ग्यासको ब्यापार गर्दै आएका ब्यापारी हुन । पहिले ग्यारेज कल कारखाना , सिमेन्ट फ्याक्टी , स्टिल कारखान , लगाएत मा उद्योग हरुमा ब्यापार गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *