दाङ, बैशाख २५ । हाल अमेरिका बस्दै आएका तुलसीपुरका युवा दीपककुमार भण्डारीले कोरोना बिरामीको उपचारमा साहेता पुगोस भन्ने उदेश्यका सातथ नगद चार लाख आर्थिक साहेत पठाएका छन् । दीपककी आमा अनिता देबी भण्डारीले शनिबार छोराले अमेरिकाबाट पठाइदिएको चार लाख नगद तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेकी छन् ।
छोरा दीपकले अमेरिकाबाट पठाएको रकम हस्तान्तरण गर्दै आमा देबीले अरुहरुलाई पनि सहयोगको हात फैलाउन आग्रह गरिन । देबीले अरु धेरै धनाड्य मानिसहरु पनि रहेको हुँदा उनीहरुले पनि कोरोना बिरामीको साहेताको लागि हात अगाडि फैलाउन आवश्यक रहेको बताइन ।
उनले आफ्नो छोरा दीपकले कोरोनाका बिरामीलाई अक्सिजन सिलिण्डर खरिदमा सहयोग पुगोस भनेर चार लाख रकम सहयोग पठाएको भन्दै त्यसको सही सदुपयोग गर्न आग्रह गरिन ।देबीले भनिन् –‘जसरी मेरो छोरा गर्भमा हुँदा मेरो पेट फूल्लेको थियो, त्यतिकै आज मेरो छोरोले आम नगरबासीको साहेताको लागि सहयोग पठाउँदा मेरो छाति फुलिएको छ ।’

दीपक भण्डरी
गत तीजमा छोरा ६ बर्ष पछि घर आउँदा टोलबासीले घरमा प्रहरी पठाउँदा दुःख लागेको भएपनि अहिले छोराले तुलसीपुरबासी कोरोनाका बिरामी अक्सिजन नपाएर छटपटाएको समाचार सुनेर सहयोग पठाएकपछि आफ्नो छाति गर्बले फूलिएको आमा देबीले बताइन ।
बिदेशमा बसेर पनि आफ्ना नगरबासी दाजु भाइ तथा दिदी बहिनीको उपचारमा सहयोग पुगोस भनेर चार लाख आर्थिक साहेता पठाउने भण्डारीलाई मेयर पाण्डेले धन्यबाद दिए । उनले प्राप्त सबै सहयोग बिरामीको उपचारमा खर्चिने विश्वास दिलाए ।
शुक्रबार मात्रै तुलसीपुर घर भइ हाल अमेरिका बस्दै आएका मानबहादुर थापाले पनि तुलसीपुरको मेरो ‘ एक हजार अभियान’मा २५ हजार बढी रकम साहेता पठाएका थिए ।