२०८१ जेष्ठ १७ गते बिहिवार

दाङमा ३०३ संक्रमित थपिदा २०६ जनाले कोरोना जिते

तुलसीपुर, बैशाख २४ । दाङमा एकै दिन ३०३ नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । त्यस्तै २०६ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । घोराही उपमहानगरपालिकामा सबै भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ १०६९ जना, तुलसीपुरमा ९६२ जना, लमही नगरपालिकामा ९५ जना संक्रमित पुगेका छन् ।

त्यस्तै राप्ती गाउँपालिकामा ४२ जना, राजपुरमा ८ जना, गढवामा २५ जना, बबईमा ३२, शान्तिनगमा ३०, दंगिशरणमा २२ र बंगलाचुली गाउँपालिकामा १० जना संक्रमित हालसम्म फेला परेका छन् । शुक्रवारसम्म जिल्ला भर २ हजार २ सय ९५ जना संक्रमित पुगेका छन् ।

शुक्रवार गरिएको एन्टिजेन्ट परीक्षणका क्रममा ४१ जनालाई संक्रमन देखिएको छ । लमहीमा १६, दंगिशरणमा १५, घोराहीमा ३, गढवामा १ र शान्ति नगरमा ६ जनालाई संक्रमन पुष्टि भएको छ । बिभिन्न पालिकाले निर्माण गरेका आइसोलेसनमा शुक्रवार सम्म २९ जना रहेका छन् । त्यसमध्य लमहीमा १२ जना, राप्तीमा २ , बबईमा १ , शान्तिनगरमा ८, दंगिशरणमा ५ र बंगलाचुलीमा १ जना आइसोलेनमा रहेका छन् ।

त्यो बाहेक कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ५१ जना, राप्ती श्वास्थ्य बिज्ञान पतिष्ठानमा ७० जना, नेपालगञ्ज मेडिकल कलेजमा १४ जना, भेरी अस्पताल नेपलागञ्जमा १४ जना र लुम्बिनी अस्पताल भैरहवामा थप ३ जनाको उपचार भइरहेको छ ।

संक्रमित मध्य २ हजार १ सय ४३ जना संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला जनश्वास्थ्य कार्याय दाङले जानकारी दिएको छ । शुक्रवार दाङमा एकजनाको मृत्यु भएको छ भने हालसम्म जिल्लाभर ९३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *