तुलसीपुर, बैशाख २४ । शुक्रबारपनि एउटै कार भित्र मृत फेला परेका तीन बालकको शव उठ्न सकेन । बैशाख १८ गते बेलुका तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरेको रोखेको एउटा कारभित्र सोही वडाको बरुवाका गाउँका ९ बर्ष मुनिका तीन बालक मृत अवस्थामा फेला परेका थिए ।
शब सोही दिन पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । पोष्ट मार्टम रिपोर्टले ती बालकको शरिरमा कुनैपनि चोट पटक लागेको नदेखिएको उल्लेख गरेको छ ।
तर, हप्ता दिन बितिसक्दा पनि अभिभाबकले शब बुझ्न मानेका छैनन् । पीडित परिवारले आफ्ना सञ्तानको हत्या भएको दाबी गर्दै आएका छन् । उनीहरुले राज्यले उचित क्षतिपुर्ति उपब्ध नगराउँदा सम्म शव नझु्ने अडान लिदै आएका छन् ।समस्या समाधान गर्न शनिवार फेरि सरोकार वालाहरुको बीचमा छलफल हुने भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार