२०८१ चैत्र ६ गते बुधवार

आफ्नै कारमा छटपटाई रहेका बिरामी निशुल्क अस्पताल पुर्याउने बैरागी


तुलसीपुर, बैशाख २४ । पेशाले उनी बिद्युत कार्यालयका कर्मचारी हुन । गोरुसिंगे बुर्तिबाङ १३२ केभिए प्रशारण लाईनमा हाल उनी सुपरभाईजरका रुपमा कार्यरत छन् । जस्को नाम देबेन्द्र बैरागी हो । जो भलिबलका राष्ट्रिय खेलाडी पनि हुन ।

शुक्रबार दिउँसो साढे ३ बजेतिर फोन सम्पर्क गर्दा उनले हेमन्तपुरस्थित स्वास्थ्य चौकीमा रहेको बताए । त्यहाँ एक जना बिरामीको उद्धार गर्न आएको उनले फरककोणलाई बताए ।

बिहीबार बैरागीले तुलसीपुरको गणेशपुरबाट एक जना बिरामीलाई नेपालगञ्ज पु¥याए । झिंगैबाट बेलझुण्डी अर्का एक जनालाई पु¥याए । तुलसीपुरको शक्रामबाट थप अर्का छटपटाई रहेका बिरामीलाई उद्धार गरि अस्पताल पु¥याए ।

बैरागीका अनुसार उनी यो सबै गरेर घर फर्किदा शुक्रबार बिहान ३ बजि सकेको थियो । त्यतिबेला पनि उनलाई निरन्तर फोन आइरहेको थियो । उनी केही समय आराम गरे । फेरि फोन खोल्नासाथ फोन आयो ।

शुक्रबार बिहानै नारायणपुरबाट एक जनालाई घोराही पु¥याए । उनले यो सबै कार्य सेवा भावले गरिरहेका छन् । त्यसका लागि बैरागीले आफ्नो निजी कार प्रयोग गरिरहेका छन् । ‘अहिले सम्म बिरामीबाट एक पैंशा लिएका छैन,’ उनले भने ‘ मेरो यो अभियानमा अरु साथीहरु पनि सहयोग भए झनैं राम्रो हुने थियो ।’

तर, बिहीबार गणेशपुरबाट नेपालगञ्ज लैजाँदै गरेका बिरामीले भने नचाहाँ नचाहाँदै पैंशा केही पैंशा खर्च गर्नू परेको बैरागीले बताए । ‘बाटोमा गाडीको अगाडिको टायर पंचर भयो,’ बैरागीले भने ‘ मेरो गोजीमा पनि धेरै पैंशा थिएन, उहाँहरुले नपुग पैंशा केही सहयोग गर्नु भयो ।’

बिरामीको पैंशा लिनु परेकोमा आफुलाई नमजा लागेको बैरागीले बताए । कोराना महामारीको समयमा एम्बुलेन्स पाउन मुस्किल हुने गरेको र एम्बुलेन्सले चर्कौ भाडा लिने गरेको गुनासोको आधारमा आफुले निशुल्क सेवा सुरु गरेको बैरागीले बताए । उनले वरपर थुप्रै धनि मानिसहरु रहेको हुँदा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे कोरोना संग जुध्न सहज हुने बैरागीको बिश्वास छ ।

‘ म बिरामीबाट एक रुपैंया पनि लिन चाहान्छ,’ बैरागीले भने ‘ तर, मेरो एकल खर्चले संधै म यसरी काम गर्न सक्ने अवस्था नहुन सक्छ । त्यसैले यसमा अन्य सहयोगी हातहरु थपिए राम्रो हुने थियो ।’

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *